बिगत लामो समय देखि नेपाली गीत संगीतमा क्रियाशील गायक सुदन गैरेले सानी बोलको म्युजिक भिडियोको सफलता पछि नयाँ गीत ‘कोहीको माया हिरा ‘ सार्वजनिक गरेका छन।
नेपालीहरुको महान चाडबाड दशैँ तिहारको पूर्वसन्ध्यामा आफन्त, साथीभाई र परिवारजन संगको भेटघाटलाई नाच्ने गाउने रमाइलो बनाउनको लागि अमेरिकाबाट कोसेली स्वरूप गायक गैरेले नयाँ गीत सार्वजनिक गरेका हुन । यस गीतमा स्वर गायक सुदन गैरेको रहेको छ । किरण माइकलले गीतको शब्द लेखेका हुन भने किरणले नै गीतमा संगीत भरेका हुन । संजय हमालले गीतको संगीत संयोजन गरेका हुन ।
डान्सिङ प्याटर्नको भिडियोमा अन्जु र बिक्रम फ़िचर्ड छन। बिष्णु थापा मगर र श्याम कुमार रायमाझीले सयुक्त रुपमा भिडियोलाई कोरियोग्राफी गरेका हुन । भिडियोलाई छायांकन र सम्पादन फराज अर्पणले गरेका हुन। गणेश शाहीको निर्देशनमा भिडियो तयार भएको हो ।

तपाईको प्रतिक्रिया