एजेन्सी । बलिउड अभिनेत्री इलियानी डी क्रुज आफ्नो लूकका कारण चर्चामा रहने गर्छिन् । उनले हालै आफ्नो नयाँ लूकको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । उनको निलो बिकिनी अवतार फ्यानले मन पराएका छन् । साथै फ्यानले उनको यो अवतारलाई मन परेको प्रतिक्रिया दिएका छन् ।

इलियानाले तस्वीर शेयर गर्दै लेखेकी छिन्, ‘म निकै उत्साहित बाहेर बाहिर हेरिरहेकी थिएँ, जबकि तल रोमान्टिक गीत बजिरहेको थियो । म उक्त गीतमा आफू भएको महसूस गरिरहेकी थिएँ ।’ इलियानाले शेयर गर्ने हरेक तस्वीर प्राय चर्चा पाउने गर्छन् । त्यसो त उनी यो तस्वीरमा खुबै सुन्दर देखिएकी छिन् ।

उनी आजभोलि नयाँ फिल्ममा व्यस्त छिन् भने ‘पागलपन्ती’ प्रदर्शनका क्रममा छ । उनले हालै एक अन्तर्वार्तामा सेक्सका बारेमा खुलेर कुरा गरेपछि चर्चामा आएकी थिइन् । उनले सेक्सलाई वर्कआउट जस्तै भएको बताएकी थिइन् । उनको भनाइ थियो, ‘सेक्सलाई इन्जोय गर्न सक्नुपर्छ तर सँगसँगै केही इमोशन पनि हुनुपर्छ ।’

तपाईको प्रतिक्रिया