एजेन्सी– बलिउड सुन्दरी दीपिका पादुकोण विश्वका सुन्दर महिलाको सूचीमा एक नम्बरमा परेकी छिन् ।

अब्जर्भर डनको समाचार अनुसार दीपिका विश्वका सुन्दर महिलाको सूचीको अग्रस्थानमा परेकी हुन् । दीपिकासँगै यो सूचीमा स्कारलेट जोनसन, एन्जेलिना जोली, बेयोन्से लगायतका अभिनेत्री रहेका छन् ।

बलिउड हुँदै हलिउडमा जमेकी दीपिकाले सञ्चालन गरेको ‘लिभ लभ लाइफ’ नामक संस्थाले अहिले भारत र विश्वका विभिन्न देशमा काम गरिरहेको छ । पछिल्लो समय दीपिका चलचित्र ‘छापक’को प्रमोसमान व्यस्त छिन् । यो फिल्ममा उनले लक्ष्मी अग्रवालको भूमिका निर्वाह गरेकी छिन् ।

तपाईको प्रतिक्रिया