नेपालीहरुको महान चाड तिहारको अवसर पारेर गायक जोहेब मानन्धर र सुजन ढकालको देउसी गीत ” झिली र मिलि साझको बेला ” [देउसी रे] को भिडियो सार्बजनिक भएको छ। निकै नै मौलिक र परम्परागत शैलीमा तयार पारिएको यो मीठो देउसी गीतको शब्द र सङीत चर्चित गायक संगीतकार जोहेब मानन्धरको नै रहेको छ। अहिलेको समयमा मौलिकता हराइरहेको बेला गायकद्वयको यस गीतले सङीत प्रेमीहरुलाई आफ्नो नेपालीपन को आभास दिलाउने पक्का देखिन्छ। बेजोड शब्द सङीत सङ्ग मिठो स्वरको समिश्रणले गीत मन मोहक बनेको छ भने भिडियोमा पनि त्यही परम्परागत शैलीमा निर्माण गरिएको छ । गीतमा मौलिक शब्दको प्रयोग र संगीत मादल , सारंगीको तालमेल एक्दम राम्रो सुनिएको छ । आफूलाई भर्सलस्टाईल गायक अनि सङीतकारको रुपमा चिनाउन्दै आएका गायक जोहेब मानन्धर हरेक पटक गीतमा नौलोपन पस्कन माहिर छ्न अर्का नवगायक सुजन ढकाल अहिले युबा पुस्ता माझ चर्चित गायक हुन पप शैलीका गीतहरु गाउने गायक द्वय को यो देउसी गीतले तिहारको भावना लाई प्र्कट गर्न सफल भएका छ्न। गीतको अरेन्ज्मेन्ट चर्चीत एरेन्जर सन्दिप कार्कीले गरेका छ्न भने मिक्स्सिङ रेकर्डिङमा पिक स्टुडियो दिनेश राजबहाक छ्न। अखिल बास्तोलाको सिनेमाटोग्राफी र माधब बेलबासेको सम्पादन रहेको भिडियोको डाइरेक्सन माधब अधिकारीले गरेका हुन। सानो देखि हरेक तिहारमा देउसी भैलो खेल्दै हुर्केको हुनाले यो तिहार चाडको मलाइ विशेष महत्व छ ,सानोमा सधै साथीभाइ सङ्ग देउसी खेल्दा आफू अग्रपंक्तिमा बसेर देउसी भट्टाउने र मादल बजाउने गर्थे र साङितिक छेत्रमा लागिसके पछि देउसी भैलोको गीत बनाउने सोच पहिले देखि नै थियो यसपाली चाहि जुर्यो गायक जोहेब भन्छन । “हामी अर्को एउटा म्युजिकल प्रोजेकटमा काम गर्दै छौ र कुरा नै कुरामा एकदिन जोहेब जीले यो देउसी गीतको कम्पोज सुनाउनु भो, निकै नै मीठो संगीत र एक्दम मौलिक शब्दले सजिएको गीत मलाइ पनि सारै मन पर्यो र अर्को प्रोजेक्टलाई पछि राखेर यो गीत पहिला गरेका हौ आशा छ सम्पुर्ण नेपालीहरुले तिहार गीतलाई माया दिनु हुन्छ होला अर्का गायक सुजन ढकाल भन्छन । गीतका गायकद्वयलाइ हाम्रो तर्फबाट धेरै धेरै बधाइ तथा शुभ कामना
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डि आर अटुको संगीतमा”चरि मैना”सार्वजनिक
काठमाडौं । गायिका अन्जु पन्त र गायक परेश राईको आवाजमा रहेको ”माई बेनी मेलैमा ”गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्व...
प्रनिमा दाहालको अभिनयमा हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक (भिडियो )
काठमाडौं । केहि बर्षदेखि नेपालको प्राकृतिक सौन्दर्यतालाइ आफ्नो फिल्म तथा म्युजिक भिडियोमा समेट्न धेरै बिदेशी कम्पनीहरुको...
भाइरल गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको‘ सार्वजनिक
काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका ...
डि आर अटुको निर्देशनमा ‘परदेशी जिन्दगी’ सार्वजनिक
काठमाण्डौं । गायक विनोद राईको स्वरमा रहेको ‘परदेशी जिन्दगी’ गीतको भिडियो सार्वजनिक भएको छ । राजेश केसीको शब्द , डि आर अट...
उर्लाबारी महोत्सवमा भोली आउदै समिक्षा अधिकारी
काठमाडौं : चर्चित गायिका समिक्षा अधिकारी उर्लाबारी महोत्सवमा आउने भएकी छन्। आज रचना रिमालले आफ्नो सांगितिक प्रस्तुती दिन...
जिशु कोइरालाको ‘एउटा खुशी’सार्वजनिक
पछिल्लो समयकी चर्चित मोडल जिशु कोइरालाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्जु पन्त र विशाल निरौलाको स्वर ...