मुम्बई – हलचल, गुण्डाराजजस्ता फिल्ममा अजय देवगन र काजोलले एकसाथ काम गर्दै थिए । काजोल खुबै बोल्ने गर्थिन् । यता अजय भने खासै नबोल्ने स्वभावका थिए । दुवैको मिजास एकअर्काका लागि आर्कषण बन्यो ।

दुवैको राम्रो मित्रता भयो । पछि त झन् एकअर्कालाई चाहन लागे । एक दिन अजय र कालोजले बिहेको फैसला गरे । र, बिहे पनि गरे । जब अजय र कालोजको बिहेको खबर मिडियामा चर्चाको विषय बनेको थियो । त्यतिबेला धेरैले यो जोडी बेमेल जोडी भन्न थाले । किनकि, काजोल स्वतन्त्रता चाहने परिवारकी थिइन् भने अजय परम्परागत परिवारका थिए । धेरैले यो बिहे लामो समय नटिक्ने पनि भन्न थाले ।

तर, सन् १९९९ मा विवाह बन्धनमा बाँधिएको यो जोडी राम्रो छ । यता बिहेअघि अन्य नायिकासँग पनि अजयको नाम जोडिएको थियो ।

फूल और काँटेको सफलतापछि अजयलाई कैयन् फिल्म अफर आए । तीमध्ये धेरै फिल्म करीना कपूरसँग थिए । जिगर, धनवान, संग्राम, शक्तिमान, सुहाग जस्ता फिल्ममा छोटो समयमा नै प्रदर्शन भए । यी सबैमा करिश्मा पनि थिइन् । अजय र करिश्माले सेटमा पनि धेरै समय बिताउँथे । करिश्मा अजयसँग आकर्षणमा परिन् ।

कतिले त अजयको बिहे करिश्मासँग हुने भनेर पनि भन्न भ्याएका थिए । त्यस्तै पछि अजयको नाम रविना टण्डनसँग पनि चलेको थियो ।

अजय र रविनाले केही फिल्ममा काम गरिसकेका थिए । पछि भने यी दुईको प्रेमको चर्चा पनि सेलाउँदै गयो । पछि अजयले कालोजसँग बिहे गरेपछि धेरैलाई दुई नायिकासँग जोडिएको नाम अफवाह पो हो कि भन्ने लाग्यो ।

तपाईको प्रतिक्रिया