विराटनगर, १९ कार्तिक÷ इनरुवाकी १२ वर्षिय आस्था राजभण्डारी र धनकुटाका १४ वर्षिय क्रिस चेम्जुङ्गले मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को उपाधि जितेका छन् । अस्थाले मिस र क्रिसले मिस्टरतर्फको बिजेता घोषित भएका हुन् ।
जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा इटहरीमा सोमबार सम्पन्न भएको मिसतर्फको फस्ट रनरअप विराटनगरकी ७ वर्षिय अग्रिम खतिवडा तथा सेकेण्ड रनरअप इनरुवाकी १३ वर्षिय सृष्टि श्रेष्ठ घोषित भइन् । प्रतियोगिताको ‘अर्गनाइजर च्वाइस’ इनरुवाकी १५ वर्षिय एलिना गुरुङ्ग तथा सर्वोउत्कृष्ट पनि इनरुवाकै स्मृति विश्वकर्मा घोषित भइन् । बिजेताले जनही नगद ३० हजार रुपैयाँ साथै आकर्षक ट्रफि प्राप्त गरेका थिए ।
मिस्टरतर्फको फस्ट रनरअप इनरुवाका १३ वर्षिय आर्यन कर्ण र सेकेण्ड रनरअप इनरुवाकै १४ वर्षिय समय सुब्बा भए । स्कूले विद्यार्थीहरूको प्रतिभा उजार गर्नुको साथै व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनलमा २९ जना प्रतियोगिहरू पुगेको जय मिडिया म्यानिजमेन्ट प्रालिका निर्देशक जय राज रायले जानकारी दिए । प्रतियोगिताको निर्णायकहरूमा अभिनेता सलोन बस्नेत, मिस कोशीको बिजेता रेखा कार्की, मिसेस कोशीको बिजेता रेनुका लिम्बु र व्यवसायी रोशन घिमिरे रहेका थिए । नेपाली काँग्रेसका सचेतक केदार कार्कीको प्रमुख अतिथिमा उक्त कार्यक्रम भएको थियो ।
फोटो पनि छ ।

तपाईको प्रतिक्रिया