काठमान्डौ मङ्सिर २२ – गायिका काब्य आचार्यले यो धरतीमा एउटा चिनो छोडेर जाने रहर भएको भाव अभिव्यक्त गरेकी छिन् । उनले देशको इतिहासमा आफ्नो नाम पनि कोर्ने रहर भएको उल्लेख गरेकी छिन् । उनले यो भाव एक राष्ट्रिय गीतमा अभिव्यक्त गरेकी हुन् ।  केहीदिन अघि सार्वजनिक भएको गायिका आचार्यको ‘धर्ति’ बोलको गीतमा उक्त भाव प्रस्तुत गरिएको हो ।  सार्वजनिक राष्ट्रिय भावको उक्त गीत साहित्यकार तथा चलचित्र पत्रकार शान्ति प्रियले लेखेका हुन् । गीतमा दीपक शर्माले संगीत गरेका छन् । गीतमा नरेन्द्र वियोगी संगीत संयोजन सुन्न सकिन्छ ।

स्मृति तिमिल्सिना ‘गूरुआमा’ले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा गायिका आचार्यको नृत्य समेत देख्न सकिन्छ । उनको साथमा अवालिका तामाङ् लगायतका कलाकारलाई समेत देख्न सकिन्छ । श्यामस्वयत रसाईंलीले अडियो सम्पादन गरेको गीतको म्यूजिक भिडियो भने प्रकाश धमालाले सम्पादन गरेका छन् । गीतमा निर्देशक तिमिल्सिनाकै कोरियोग्राफी रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया