पुर्बबाटै तयार भएर पुर्बबाटै प्रसारण हुने हास्य टेलिशृन्खला दोबाटेको चर्चा अहिले जताततै छ । त्यहि दोबाटे टिमले करिब तीन बर्ष अगाडी नै तयार पारेको हास्नु हुन्न है नामक हास्य टेलिशृन्खलाको चौथो भाग सुपर अनलाइन टिभी मार्फत भर्खरै सार्बजनिक भएको छ । गाउले जीवन अनि गाउले परिवेशलाई जस्ताको तस्तै उतारिएको यश टेलिशृन्खलामा हरेक हप्ता केही न केही सन्देश पाइन्छ । काठमाडौमा कलाकारितामा संघर्ष गरेका दुई युबा मिलेर दुखै दुखमा बनाएको सिरियलमा दोबाटेमा चिबेको भुमिकामा देखा पर्ने समीर सुवेदी र कोपाको भुमिकामा हुने आइन्द्र लिम्बु लगायत बिष्णु भट्टराई,आशिस ठकुरी,सुजन ढकाल,गणेश भट्टराई,सुमि ठकुरी,सोम मगराती,सुस्मा श्रेष्ठ,हेमराज जोशी,दिपक सुवेदी,बिकाश कार्की दिलिप तामाङ आदि कलाकारहरूको सशक्त अभिनय देख्न पाइन्छ । हास्य टेलिशृन्खला हास्नु हुन्न है समीर सुवेदी र आइन्द्र लिम्बुको लेखन तथा निर्देशनमा तयार हुने गरेको छ ।दोबाटेमा आउनुभन्दा अगाडी नै तीन बर्ष पहिला बनाएको सिरियल अहिले युटुबमा लोकप्रिय बन्दै गइरहेको छ । कस्तो बनेको छ त दोबाटे टिमले धेरै पहिले नै तयार गरेको हास्य टेलिशृन्खला तलको भिडियोमा हेर्नुहोला https://youtu.be/OpRczAKqxFQ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘लालीबजार’ ट्रेलर सार्वजनिक : वादी महिलाको पीडा र आमाको संघर्षको मार्मिक कथा
काठमाडौंमा शुक्रबार आयोजित एक विशेष कार्यक्रममा फिल्म ‘लालीबजार’को बहुप्रतीक्षित ट्रेलर सार्वजनिक गरिएको छ। करिब ३ मिनेट...
‘महाराजधिराज’मा केकीको इन्ट्री: ‘महारानी’ बनेर जोडिइन्, कलाकारहरूको बलियो ‘पल्टन’ तयार
परिक्षेद सेनको निर्देशनमा बन्न लागेको बहुप्रतिक्षित फिल्म ‘महाराजधिराज’ले आफ्नो कलाकार टिमलाई अझ सशक्त बनाएको छ। नयाँ र ...
बैशाख ११ मा ‘परालको आगो’—नयाँ स्वाद, नयाँ ऊर्जा र दमदार अभिनयको प्रतिक्षा
बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’ यतिबेला नेपाली फिल्म बजारमा चर्चा र उत्सुकताको केन्द्र बनेको छ।...
जापानमा ‘बुकी’को पहिलो झल्को: ओसाकामा प्रिमियर हुँदै
विवश कुमार माझी र मोहन केसीको निर्देशनमा तयार भएको फिल्म ‘बुकी’ले अन्तर्राष्ट्रिय यात्रा सुरु गर्ने भएको छ। निर्माण पक्ष...
स्वरकी अमर धरोहर: आशा भोसले अब सधैंका लागि मौन
भारतीय सङ्गीत क्षेत्रकी प्रतिष्ठित गायिका आशा भोसले को ९२ वर्षको उमेरमा आइतबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा निधन...
डेढ वर्षपछि हलमा फर्किए विराज भट्ट, ‘राम नाम सत्य’को व्यापार वर्ड अफ माउथमा निर्भर
अभिनेता विराज भट्ट डेढ वर्षपछि नयाँ फिल्ममार्फत् पुनः नेपाली चलचित्र हलमा फर्किएका छन् । उनी अभिनीत फिल्म ‘राम नाम सत्य’...










