मुम्बइ। बलिउडका अभिनेत्रीहरु आफ्नो बोल्ड अवतारका लागि चर्चित छन । २०२० को सुरुवातमा अधिकांश अभिनेत्रीहरु विदा र मस्तीमा देखिए । देशभित्र र बाहिर विदामा भएका यी अभिनेत्रीहरुमध्ये धेरैले बिकिनी फोटो पोस्ट गरे । यस क्रममा भूमी पेडनेकरजस्ती अभिनेत्रीले समेत बिकिनी फोटो पोस्ट गरिन् जसलाई दर्शकले धेरैजसो परम्परागत भेषभूषामा देखेका थिए ।

लामो समयदेखि सानो पर्दामा देखिएकी अभिनेत्री मौनी रोयलाई २०१९ भाग्यशाली साबित भयो । उनले बलिउड डेब्यू गरिन् र गोल्ड तथा केजीएफ जता फिल्ममा काम गरिन् । उनी बलिउडमा स्थापित भइसकेकी छिन् । नयाँ वर्षमा उनले शेयर गरेको बिकिनी फोटो निकै भाइरल भयो ।

अभिनेत्री निया शर्मा पनि बलिउडकी बोल्ड डिभामा गनिन्छिन् । नयाँ वर्षमा उनले रातो बिकिनीमा फोटो शेयर गरिन् । उनले आफ्नो बोल्ड फोटोसहित फ्यानलाई नयाँ वर्षको शुभकामना दिइन् ।

नयाँ वर्षमा बलिउड अभिनेत्री भूमी पेडनेकरको बिकिनी फोटो पनि सामाजिक संजालमा आयो । दर्शकले धेरैजसो परम्परागत भेषभूषामा देखेकी भूमीको बिकिनी फोटो निकै भाइरल भयो ।

कैयौ फिल्ममा काम गरिसकेकी अभिनेत्री सोफी चौधरीको बिकिनी अवतार पनि नयाँ वर्षमा सामाजिक संजालमा आयो । उनले समुद्र किनार लहरसँग खेल्दै गरेको फोटो शेयर गरिन् ।

२०१३ मा फिल्म इशकबाट करिअर सुरु गरेकी अमायरा दस्तुरको २०१९ मा तीन फिल्म रिलिज भए । २०२० को सुरुवातमा उनी पनि बोल्ड अवतारमा सामाजिक संजालमा देखिइन् ।

तपाईको प्रतिक्रिया