काठमाडौं । पार्टी फेरेजस्तै छ रेखा थापाको साथी फेराइ । एक समय निकै मिल्ने, पछि उहीसँग झगडा, लफडा ! छवि ओझासँग औपचारिक विवाह बिनै १२ वर्ष रहिन् । सम्बन्धमा एकपछि अर्काे लफडै लफडापश्चात् छुट्टिए । आर्यनको नामै उनले राखिदिएको । निर्देशक श्याम भट्टराईसँग पनि सम्बन्ध बिग्रियो । निखिल उप्रेती, विराज भट्ट, यसशकुमार यी कोहीसँग आजकाल बोलचाल छैन । प्रचण्डसँग चिनाइदिने चेतन सापकोटासँग पनि बोलचाल बन्द । अहिले रेखाको ट्र्याक समाउँदै छिन् पूजा शर्मा ।

रेखाको झैं उनको समबन्ध जोसँग जोडियो त्यहीं लफडा पर्न थालेको छ । यस्तै कारण होला, अस्ति शनिबार ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न कामना अवार्डमा पूजा एक्लै देखिइन् । रेखाको झैं पूजाको पनि सँगै काम गरेका नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, आकाश श्रेष्ठसँग सम्बन्धि चिसिएको चर्चा सिनेवृत्तमा व्याप्त छ । प्रदीपसँग पानी बाराबरको स्थिति छ । यो खबर आज बुधबारको जनआस्थाले छापेको छ ।

पछिल्लो समय आकाश श्रेष्ठसँगको सम्बन्ध पनि चिसिएको चर्चा छ । प्रायः सबै कार्यक्रममा आकाश र पूजा सँगसँगै जस्तो देखिन्थे । केही साताअघि सम्झना बिर्सना छायांकन क्रममा यी दुईको मन फाटेको पाइन्छ । पछिल्लो समय फिल्ममा कम र म्युजिक भिडियोमा बढी देखिन थालेका छन्, राजेश हमाल । शनिबार उनै हमाल कामना अवार्डमा देखिए । रमाइलोचाहिँ जुन रोमा उनी थिए, त्यहीं उनीसँगै आएर बसिदिए भुवन केसी, शिव श्रेष्ठ, नीर शाह, धीरेन शाक्यहरू ।

त्यहाँ राजेश र भुवन तारन्तार कानेखुसी गरिरहेका देखिन्थे । तर कार्यक्रम अवधिभर राजेश र धीरेनबीच बोलचाल भएको पाइएन । एक दशक अघिदेखिको शीतयुद्धको तुष कतिसम्म रहेछ भने एक समयका चर्चित यी दुई नायक एकले अर्काेको अनुहारसम्म हेर्न चाहन्न ।

तपाईको प्रतिक्रिया