मुम्बइ। सलमान खान बलिउडका सुपरस्टार हुन् । भारतका सबैभन्दा धेरै पैसा कमाउने सेलिब्रेटीमध्येका एक सलमानले कसैको १ रुपैयाँ २५ पैसा उधारो तिरेनन् भन्दा आश्चर्य लाग्न सक्छ तर यो सत्य हो । उनले कसैको १ रुपैयाँ २५ पैसा उधारो तिरेका छैनन् । पछि यसबारेमा सम्झाउँदा आफू लज्जित भएको उनले बताएका छन् ।

हालै मुम्बइ पुलिसले आयोजना गरेको ‘उमंग २०२०’का क्रममा सलमान खानले आफूले एक साइकल मेकानिकको १ रुपैयाँ २५ पैसा उधारो तिन बाँकी भएको बताएका थिए । सलमानले भने ‘हालै एकपटक म सर्टस लगाएर निस्केको थिएँ र मसँग पैसा थिएन । मैले मेकानिक काकालाई मेरो साइकल मर्मत गरिदिनु म पछि पैसा दिन्छु भनें । त्यसपछि उहाँले भन्नुभयो – तँ सानोमा पनि यस्तै गर्थिस् । तैले धेरै पहिले मसँग साइकल ठिक गराएको थिइस् जसको पैसा अझैसम्म दिएको छैनस् । तेरो आज पनि १ रुपैयाँ २५ पैसा उधारो छ ।’

सलमानले उनको यो कुरा सुनेर आफूलाई निकै लज्जाबोध भएको बताएका थिए । सलमानले ती साइकल मेकानिकलाई आफूले उधारो पैसा दिने कोसिस गरेको भए पनि उनले लिन अस्वीकार गरेको समेत खुलासा गरे ।

तपाईको प्रतिक्रिया