काठमाडौं । चलचित्र वितरक तथा चलचित्र हल मालिकको संस्था नेपाल चलचित्र संघको अध्यक्ष पछि विभिन्न पदाधिकारीको चयन मंगलबार भएको छ । ४७ वर्षअघि स्थापना भएको यो नेपालको चलचित्रसम्बन्धी सबैभन्दा जेठो संस्था हो । गत साता संघको अध्यक्षमा मधुसूदन प्रधान निर्विरोध चयन भएका थिए । संघका बाँकी पदाधिकारीको चयन बाँकी थियो । गत २५ पुसमा सम्पन्न संघको ४७औं वार्षिक साधारण सभाबाट १३ जना केन्द्रीय सदस्य चयन भएका थिए । तिनै १३ जनाबाट मंगलबार विभिन्न पदाधिकारी चयन गरिएको चलचित्र संघका अध्यक्ष प्रधानले जानकारी गराएका छन् ।

चलचित्र संघको प्रथम उपाध्यक्षमा अर्जुन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा कुवेर शर्मा, तृतीय उपाध्यक्षमा त्रिरत्न मानन्धर चयन भएका छन् । यस्तै, नेपाल चलचित्र संघको महासचिवमा अशोक शर्मा चयन भएका छन् । चलचित्र निर्माता र निर्देशकसमेत रहेका अशोक शर्मा यसअघि नेपाल चलचित्र निर्माता संघको अध्यक्ष समेत भइसकेका थिए । संघको उपमहासचिवमा गोपालकाजी कायस्थ र कोषाध्यक्षमा देवेन्द्र खड्गी चयन भएका छन् ।

बाँकी केन्द्रीय सदस्यमा भाष्कर ढुंगाना, गोविन्दबहादुर शाही, कपिलप्रसाद दुवा, कैलाश ढकाल, निरज कार्की, निरज गुप्ता, विक्रम पराजुली रहेका छन् । यस्तै, संघको पूर्वाञ्चल सभापतिमा चैतन्य बराल, उपसभापतिमा परशुराम चौधरी, पश्चिमाञ्चल सभापतिमा ओम जैसी, मध्यपश्चिम सभापतिमा डाक्टरसिंह गुरुङ र उपत्यका सभापतिमा मदनमान बज्राचार्य यसअघि नै निर्विरोध चयन भइसकेका छन् ।

तपाईको प्रतिक्रिया