काठमाडौं – पछिल्लो समय चर्चामा रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’ ले चर्चा कमाएपछि उक्त टिमले अर्को वर्ष यसको दोस्रो सिजन प्रसारण गर्ने तयारी थालेको छ ।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीका अनुसार अब छिट्टै नै ‘च्याम्पियनका चटके’ नामक रियालिटी शो पनि प्रसारण हुनेछ ।

‘हामी दर्शकलाई हँसाउने सिलसिला नरोकियोस् भनेर दुई सिजनका बीचमा च्याम्पियनका चटकेमार्फत यहाँहरुमाझ आउने भएका छौं,’ विशाल भण्डारीले भनेका छन् ।

यतिबेला प्रसारण भइरहेको कमेडी च्याम्पियनलाई दर्शकले रुचाएका छन् । टेलिभिजन र युट्युबमार्फत प्रसारण भइरहेको यो रियालिटी शोले कमेडियनलाई मञ्च दिएर प्रतिस्पर्धा गराइरहेको छ ।

युट्युबमा कमेडी च्याम्पियनका हरेक एपिसोड ट्रेन्डिङमा परेका छन् ।

यो रियालिटी शोमा रीमा विश्वकर्मा होस्ट छिन् भने प्रदीप भट्टराई, ऋचा शर्मा, मनोज गजुरेल र सन्तोष पन्त निर्णायक छन् ।

तपाईको प्रतिक्रिया