मुम्बइ। बलिउड अभिनेत्री कंगना रनौतले आफूले तीन वर्षअघि नै पद्मश्री पाउनु पर्ने बताएकी छिन् । उनले त्यतिबेला एउटा षड्यन्त्र भएको र आफ्नो नाम सूचीबाट हटाइएपछि यो सम्मान प्रियंका चोपडालाई दिइएको बताएकी छिन् ।

उनले भनिन् ‘एक सहकर्मी र पूर्व सहकर्मीले मलाई नोटिस पठाएका थिए । पद्मश्री पुरस्कारका लागि तपाईंमाथि कुनै पनि प्रकारको नोटिस वा मुद्दा मामिला हुनु हुँदैन । म यो पुष्टि गर्न सक्दिनँ तर मलाई लाग्छ कि उक्त नोटिसका कारण मेरो नाम सूचीबाट हटाइएको हुनुपर्छ र उक्त अवार्ड प्रियंका चोपडालाई दिइएको थियो ।’

अदनान सामीको पद्मश्री विवादको विषयमा कंगनाले भनिन् ‘मलाई लाग्छ उनी यो पुरस्कारका लागि लायक छन् । भारत एक विचार हो । त्यो जमिनको टुक्रा मात्रै होइन । यो पूरा भ्यालु सिस्टम हो । अदनानले यो मुलुकको विचारलाई बाँचेका छन् । त्यसमाथि खरो उत्रिएका छन् ।’

तपाईको प्रतिक्रिया