काठमाडौँ — दर्शकले रुचाएको स्क्रिन जोडी हुन् अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश खड्का । फिल्म ‘रामकहानी’बाट पहिलोपटक यो जोडी पर्दामा देखिएका थिए ।

त्यही फिल्मबाट यो जोडी फिल्ममेकरको नजरमा पर्‍यो। रुपेश थिङले निर्देशन गर्ने फिल्म ‘मन परेसी’मा पनि यी दुईको अभिनय रहनेछ। बुधबार फिल्मको शुभमुहूर्त गरियो।

यसअघि पूजा र आकाश अभिनित फिल्म ‘पोइ पर्‍यो काले’ प्रदर्शनमा आएको थियो। आकाश र पूजाको यो फिल्म बक्सअफिसमा असफल भयो। तैपनि फिल्ममेकरको यी दुईमाथिको विश्वास भत्किएन। आकाश र पूजाकै अभिनय रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ पोस्ट प्रडक्सनको काममा छ। हालै यी दुई अभिनित फिल्म ‘सम्झना बिर्सना’को छायांकन सकियो।

फिल्म प्रदर्शनको टुङ्गो नहुँदा पनि लगातार फिल्म गर्न पाउनुचाहिँ यो जोडीको सफलता हो। अब, ती फिल्मले बक्स अफिसमा पनि सफलता दिलायो भनेचाहिँ जोडी अझै लामो समय टिक्ला।

तपाईको प्रतिक्रिया