विराटनगर , माघ १७ ।
नेपाली मौलिक लोक गीत संगीतको बजार खस्कदैँ गइरहेको अवस्थामा मौलिक सस्कृतिलाई जर्गेना गर्नुपर्छै भनने हेतुले गायक रेशम परियार र गायिका सिता घिमिरेको आवाजमा ”दरम खोला”गीतको भिडियो सार्वजनिक भएको छ ।
नेपालको मौलिक बाजा पञ्चेबाजा र मौलिक लोक लयमा गीत तयार गरिएको छ । बाग्लुङ जिल्ला आसपासको प्रकृतिक सौन्दयताको बर्णन गदैँ गीतमा शब्द हरु लेखिएको छ । रेशम परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । ”दरम खोला” गीतको भिडियोमा राहुल राई को छायाँकन , रोशन धितालको सम्पादन तथा रेशम सापकोटाको निर्देशन भिडियोमा रहेको छ । ”दरम खोला” गीतको भिडियोमा बुद्धविर थापा , उसा सुवेदी र हिमाल परियारको अभिनय रहेको छ ।
”दरम खोला” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
गायक रेशम परियारको आवाजमा ”दरम खोला” भिडियो सहित ।




































