काठमाडौँ । नारायण रायमाझीले निर्देशन गर्न लागेको चलचित्र ‘‘परदेशी २’ मा नायिका वर्षा शिवाकोटी अनुबन्ध हुने भएकी छन् । निर्माण समूहले वर्षाको नाम फाइनल गरे पनि यसको औपचारिक घोषणा भने केही समयपछि गर्ने भएको छ ।

‘परदेशी २’ मा नायकको रुपमा गायक प्रकाश सपुत अनुबन्ध भइसकेका छन् । प्रकाश पछिल्लो समय लोकगीत गायनमा चर्चामा छन् । उनले पहिलोपटक फिचर फिल्ममा अभिनय गर्न लागेका हुन् ।

‘परदेशी’ मा प्रशान्त तामाङ र नायिका रजनी केसीले मुख्य भूमिका निभाएका थिए । ‘परदेशी २’ मा प्रकाश सपुत अनुबन्ध भएदेखि नै चलचित्रको प्रचार ह्वात्तै बढेको छ । अझ वर्षा शिवाकोटी पनि थपिएपछि निर्माण समूहलाई प्रचार प्रसार गर्न सहज हुने भएको छ ।

तपाईको प्रतिक्रिया