मुम्बई । दिशा पटानी अभिनित हिन्दी फिल्म ‘मलंग’ ७ फेब्रुअरिमा रिलिज हुने भएको छ । फिल्मको प्रचारमा व्यस्ता नायिका दिशा अहिले उक्त चलचित्रमा राखिएको चुम्बनको दृष्यको कारण चर्चामा छिन् ।

बोल्ड सिन राखिएकै कारण उनी सामाजिक सञ्जालमा ट्रोल पनि भइन् । कतिपय दर्शकले टिप्पणी पनि गर्छन् चुम्बन दिने दृष्यमा अभिनय गर्दा कलाकारलाई निकै मज्जा आउछ । तर, दिशा मान्दिन् ।

उनको भनाई यो एउटा बोरिङ काम हो । उनको भनाई अनुसार ठूला ठूला क्यामेराको बिचमा बसेर चुम्बन गर्नुपर्छ । त्यति मात्रै हैन १० जना भन्दा बढीले मोनिटरमा हेरिरहेका हुन्छन् भने अन्य ५० भन्दा ढी ब्यक्ति चुम्बनस्थल नजिकै हुन्छन् । उनी प्रश्न गर्दै भन्छिन् ‘५० जना मान्छेवाट घेरिएर गरेको चुम्बनमा के मज्जा हुन्छ ?’

तपाईको प्रतिक्रिया