कमेडी च्याम्पियन कमेडी रियालिटी शोको आफ्नै अडियन्स बनिसकेका छन् । कार्यक्रममा पाहुना बोलाएर अझ आकर्षक बनाउने काम निर्माण टिमले गर्दै आएको छ ।

एक फिल्ममा काम गरेकी एलिजा गौतम, फिल्ममा काम नगरेकै लामो समय भैसकेको निशा अधिकारी देखि फिल्म प्रदर्शनको क्रममा रहेको फिल्म ‘सेल्फी किंग’ की नायिका लक्ष्मी बर्देवा समेत कार्यक्रममा पाहुना बनेर आइसके ।

तर ‘नेपोटिजम’ को आरोपकाबीच पनि यस कार्यक्रमको हिस्सा बेनिशा हमाल भने बन्न सकेकी छैनन् ।

केकी अधिकारी, रीमा बिश्वकर्मा र बेनिशा हमाल एकै भएर काम गरेका मात्रै होइनन्, अन्तर्वार्तामा समेत छुट्न नहुने झैँ गरेको दर्शकले बिर्सिएका छैनन् । तर प्रोड्युसर साथी कै बीच बेनिशाले भने एक भागको हिस्सा बन्ने अवसर पाउन सकेकी छैनन्।

यी तीन बीच बारम्बार नाम आउने बिशाल भण्डारीले समेत उनलाई कार्यक्रममा ल्याउन कुनै पहल गरेको देखिदैन । फिल्ममा मिलेर काम गरेका यो टिमबीच के भएको होला ?

बेनिशालाई कमेडी च्याम्पियनमा नबोलाउने नै हो त बिशाल जी ?

तपाईको प्रतिक्रिया