बलिउड अभिनेत्री तापसी पनु अभिनित फिल्म ‘थप्पड’को ट्रेलरले सामाजिक सञ्जालमा चर्चा पाउन थालेको छ । यसलाई धेरैले शाहिद कपुरको पछिल्लो ब्लकबस्टर ‘कबिर सिंह’लाई जवाफका रुपमा हेरेका छन् ।
‘कबिर सिंह’मा अभिनेता शाहिदले आफ्नी प्रेमिकालाई ‘थप्पड’ हानेको दृश्य छ । उक्त दृश्यको दर्शक र समीक्षकले निकै आलोचना गरेका थिए । यसका निर्देशक सन्दीप रेड्डी भंगाले भने प्रेममा दुईचार थप्पड सामान्य भएको बताएका थिए ।