काठमाडौँ — आयान मुखर्जीले निर्देशन गरेको बलिउड फिल्म ‘ब्रह्माश्त्र’ पाँच भाषामा प्रदर्शनमा आउने भएको छ । अमिताभ बच्चन, रनवीर कपूर र आलिया भट्टको प्रमुख भूमिका रहको फिल्म डिसेम्बर ४ मा प्रदर्शनमा आउने पक्का भएको छ ।
बलिउडमा प्रतिक्षित मानिएको यो फिल्म हिन्दी, तामिल, तेलेगु, मलालय अनि कन्नाडा भाषामा प्रदर्शनमा आउने भारतीय मिडियामा उल्लेख छ ।
२ वर्षदेखि फिल्मको प्रदर्शन अलमलमा थियो । तर, हालै निर्माण टिमले भिडियो सन्देशमार्फत फिल्मको प्रदर्शन मिति तय गरेका हुन् । अहिले फिल्मको पहिलो भागको प्रदर्शन मिति मात्र डिसेम्बरलाई तय भएको हो । यसका बाँकी दुई भागको प्रदर्शन अझै तय भइसकेको छैन ।