प्रदर्शनमा आउन लागेको फिल्म ‘साङ्लो’ का निर्देशक तथा कलाकार विराज भट्टले फिल्म रिलिज गर्ने समयमा गीतको विवाद निकालेर आफूमाथि ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको आरोप लगाएका छन्।

मङ्‌गलबार पत्रकार सम्मेलन गरी उनले प्राविधिक रुपमा भएको सानो गल्तीलाई लिएर ब्ल्याकमेलिङ गरिएको बताएका हुन्।

‘सामान्य गल्ती भएकोमा १० लाखभन्दा माथिको रकममा मात्रै ‘नेगोसेट’ गर्न सकिने भन्दै मलाई तनाव दिइरहेका छन्,’ उनले भने।

केही दिनअघि सार्वजनिक उक्त फिल्मको गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ मा समावेश शब्द चोरिएको आरोप लागेको थियो। रचनाकार सुदिप भूपाल सिंहले गीतमा आफ्नो शब्द प्रयोग गरेको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका थिए।

पत्रकार सम्मेलनमा सङ्‌गीतकार सुरेश अधिकारीले गीतमा सानो प्राविधिक गल्ती भएको स्वीकार गर्दै आफूहरूले मिलाउने बताए।

तपाईको प्रतिक्रिया