ठमाडौं । गायक, गीतकार तथा गितारिस्ट रोहित जोन क्षेत्रीले टुबोर्ग ओपन सेसन्स् २ मा ‘बिर्सेको छैनौ’ को प्रस्तुती पेस गरेका छन् ।

२०१८ मा उनले कम्पोज गरेका यस गीत युट्युब च्यानलमा आरबिट्ररीमार्फत सञ्चालन भएको टुबोर्ग ओपन सेसन्स २ मा रिएरेन्ज गरिएको छ ।

उनको गायन यात्रा आफ्नो बुबासँग सानैदेखि पुराना नेपाली र हिन्दी गीतहरु गाएदेखि सुरु भएको थियो ।

सन् २०१३ मा युट्युबमा आफ्नो केही गीतहरु अपलोड गरेपछि उनको लोकप्रियता बढ्यो ।

गितार, तबला र हारमोनियम जस्ता विभिन्न सांगीतिक बाजाहरु बजाउन क्षेत्री पोख्त छन् । नेपालको व्यापक चर्चित ब्यान्ड १९७४ एडीको पनि उनी सदस्य रहेका थिए र हालै उनी आफ्नो सोलो कार्यहरुमा व्यस्त रहेका छन् ।

तपाईको प्रतिक्रिया