काठमाडौँ — फिल्म ‘साङलो’को ‘झ्याम्मै आँखा झ्याम्मै…’ गीत चोरीको विवाद टुंगिएको छ । ५० हजार क्षतिपूर्ति दिने र गीतको रचनाकारमा सुदीप भूपाल सिंहको नाम सयर गर्ने सहमतिमा विवाद सुल्झाइएको हो ।

अब गीतकारमा सुदीप र सुरेश अधिकारी दुवैको नाम हुनेछ। यसका असली रचनाकार सुदीपभूपाल सिंहले जानकारी बिनै आफ्नो गीत प्रयोग गरेको भन्दै गायक निशान भट्टराई, संगीतकार सुरेश अधिकारी र फिल्म निर्माण कम्पनी विराज भट्ट प्रोडक्सनविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका थिए।

‘यो मेरो कसैसँग व्यक्तिगतभन्दा प्रतिलिपि अधिकार रक्षाको लडाईं थियो। सबै स्रष्टा सचेत हुनुपर्छ भन्ने सन्देश दिने प्रयास हो,’ सुदीपले भने। उनले क्षतिपूर्ती रकम स्वर्गीय फिल्मकर्मी केशव भट्टराईको परिवारलाई दिने घोषणा गरेका छन्। बोर्ड अध्यक्ष भट्टराईको गत मंसिर २९ गते निधन भएको थियो।

तपाईको प्रतिक्रिया