काठमाडौं – पछिल्लो समय बलिउड गायिका नेहा कक्कड निकै चर्चामा छिन् । उनले इन्डियन आइडल सिजन ११ का आदित्यनारायणसँग विवाह गर्ने भएकी हुन् । इन्डियन आइडल सिजन ११ मा केहीसमयदेखि चर्चामा आइरहेकी यी दुईले हालै विवाह गर्ने निधो गरेका हुन् ।
उनीहरुको विवाह यहि १४ फेबुअरीमा हुने बताइएको छ । यसैक्रममा सोनीले जोडीले रोमान्स गरेको एक भिडियो सार्वजनिक गरेको छ । भिडियाको क्याप्सनमा लेखिएको छ ‘१४ फेबुअरी, मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन्।’
गायिका नेहाले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै लेखेकी छिन् ,’फेब्रुअरी १४’। यी कुराले प्रष्ट हुन्छ की उनीहरुले यहि फेब्रुअरी १४ मा विवाह गर्दैछन् ।