काठमाडौं । बलिउड अभिनेता वरुण धवनको अर्काे महिना हुने भनिएको विवाह केही समयका लागि स्थगन भएको छ । यतिबेला यी अभिनेता गत साता रिलिज भएको आफ्नो फिल्म ‘स्ट्रिट डान्स थ्री’ असफलताको पीडामा छन् ।

आफ्नी प्रेमिका नताशा दलालसँग उनी अर्काे महिना मार्चमा विवाहको तयारीमा थिए । विवाहका लागि उनले थाइल्यान्डको पाँचतारे होटलसमेत बुक गरिसकेका थिए भनेर आजको राजधानीमा खबर छापिएको छ ।

विवाहको तयारी हुँदै गर्दा उनले केही समयका लागि आफ्नो विवाह रोकेका छन् । यी अभिनेताको गत वर्ष फिल्म कलंक व्यावसायिक रुपमा पूर्ण असफल भयो । नयाँ फिल्म स्ट्रिट डान्स थ्री हिट हुन्छ जस्तो लागेको थियो । तर यो फिल्म पनि बक्स अफिसमा फ्लप भएको छ ।

तपाईको प्रतिक्रिया