अभिनेत्री निशा अधिकारी अहिले चलचित्रको पर्दा बाट टाढा रहेकी छिन्। क्रिकेटर शरद भेष्वाकरसंग विवाह गरेर एक सन्तानको आमा निशा बनिसकेकी छिन्। अमेरिकामा पहिलो सन्तान स्वरुप करिव २१ महिना अगाडी उनले छोरालाई जन्म दिएकि थिइन्। अमेरिकामा पहिलो सन्तानलाई जन्म दिएकि निशा उतै सेटल हुने धेरैले आंकलन गरेका थिए। तर त्यसको विपरित हुने हाल नेपाल आएर बसेकी छिन् भने सार्वजनिक कार्यक्रममा पनि उनको उपस्थिति हुने गरेको छ। सहासिक अभिनेत्रीको उपमा समेत पाएकी निशा केहि दिन अगाडी सम्पन्न चलचित्र ‘सेल्फीकिङ्ग’ को प्रिमियरमा उपस्थिति भएकी थिइन्। उनलाई मिडियाले चलचित्रको कमव्याकको विषयमा प्रश्न गरेकी थियो। जवाफमा निशा भन्छिन्, अहिले म पूर्ण रुपमा आमाको भूमिका निर्वाह गरिरहेकी छु। बाबु सानो भएको कारणले फुल टाइम उसलाई नै दिएकि छु। मैले जीवनमा जानेको नै अभिनय गर्न हो। पक्कै पनि यसलाई नै निरन्तरता दिनेछु। तर अव सायद छोरा स्कुल जाने भएपछी अभिनयमा फर्कनेछु।’

तपाईको प्रतिक्रिया