काठमाडौं । चर्चित मोडल तथा भिजे सोनिका रोकाया र दुर्गेश थापाको फिचरिङ रहेको ‘ओठवाली’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
चर्चित गायक राज सिग्देलको आवाजमा ‘ओठवाली’ गीत बजारमा आएको हो अग्नी पराजुलीको शब्द तथा चाँदनी प्रसाद काफ्ले संगीत संयोजन गीतमा रहेको छ । प्रेम र रोमान्सलाई मिश्रीत रुपमा गीतमा समेटिएको छ । नवराज उप्रेतीको छायाँकन , नविन निरौलाको सम्पादन तथा गम्भीर विष्टको निर्देशन भिडियोमा रहेको छ । ‘ओठवाली’ गीतको भिडियोमा विभिन्न रमणिय स्थानहरु समेटिएको छ ।
‘ओठवाली’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुृहोस ।

तपाईको प्रतिक्रिया