मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विशेष अध्ययनका लागि विदेश यात्रा सम्मको योग छ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशन्सा गर्न थाल्ने छन् । अन्न तथा धनको पनि वृद्धि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सन्तानबाट लाभ र सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । प्रेम वा दाम्पत्यमा आत्मीयभाव बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउने छन् । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइ लेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउने छन् । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विश्वास पात्रले धोका दिनेछन् । वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला । मानहानि वा अपजसको समेत सम्भावना छ । आर्थिक अभावले सताउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ । तर्क शक्ति बढ्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तजनसँगै मनमुटाव बढ्न सक्छ । नशा वा जोर्नीसम्बन्धी समस्याले पनि सताउन सक्छ । समय प्रतिकूल रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ । नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ ।

तपाईको प्रतिक्रिया