धुर्मुस–सुन्तलीको प्रस्तुतिमा तयार भएको सिनेमा ‘सेन्टी भाइरस’को ओभरसिज राइट्स खरिद गरेको नेप्सिने कम्पनीले बिभिन्न देशहरुको लागी प्रर्दशन राइट्स बिक्रि सुरु गरेको छ । एक करोड १५ लाखमा ओभरसिज राइटस् खरिद् गरेको यो कम्पनीले अमरिकाको बिक्री पछि मध्यपुर्बका देशहरुमा बिक्रि गरेको छ । यूएइ , ओमन , कतार , बहराइन , कुवेत तथा साउदी अरवको लागी नेपाली व्यावसायी मन्दिप अधिकारीले खरिद गरेका छन् ।नेप्सिने नेपालका व्यवस्थापक दिपेन्द्र कार्की र मन्दिप अधिकारी बिच शुक्रबार खरिद बिक्रि सम्झौता भएको नेप्सिने नेपालका प्रमुख बिधान कार्कीले जानकारी दिनु भयो । मन्दिप अधिकारी नेपालका सफल होटेल व्यवसायी हुन् ।
रामबाबु गुरुङको निर्देशन रहेको यो चलचित्रमा सिताराम कट्टेल धुर्मुस , कुन्जना घिमिरे , दयाहाङ राइ , बुद्धि तामाङ , विल्सन बिक्रम राइ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको एक गीत र ट्रेलरले दर्शकको मन जितिसकेको छ ।

 

 

तपाईको प्रतिक्रिया