काठमाडौँ : लायन्स क्लव गोंगबु काठमाडौं द्वारा गोरखा जिल्लाको बिकट ठाँउमा अवस्थित बाल ज्योति आधारभुत बिध्यालय झोलुङ्गे गोरखाका ६०बिपन्न बिद्यार्थीलाइ न्यानो कपडा वितरण गरिएको छ ।प्रमुख अतिथि नेकपा गोरखा जिल्ला सचिब प्रेम बहादुर गुरूङ्गको उपस्थितिमा अतिथिहरु लायन्स क्लव काठमाडौं गोंगबुका अध्यक्ष लक्ष्मण ढुँगाना लगायत लायन्स डिष्ट्रिक्ट ३२५बि१ का बरिष्ट सल्लाहकार प्रकाश कुमार श्रेष्ठ, क्षेत्रिय अध्यक्ष मोहन भट्टराई, गोगबु क्षेत्र अध्यक्ष श्रीकृष्ण मानन्धर, क्लब सचिब रामकुमार श्रेष्ठ , निर्देशक उपेन्द्रमान प्रधानको उपस्थितिमा उक्त राहत वितरण गरिएको थियो । उक्त अबसरमा बिपन्न परिवारका बाल बालिकाहरूलाई न्यानो कपडा तथा स्टेसनरीका सामग्रीहरू बितरण गरिएको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष लक्ष्मण ढुँगानाले चाँडैनै बिद्यालयको पुस्तकालयमा पुस्तक, बिपन्न बिद्यार्थीलाइ जुत्ता, मोजा र झोलाको सहयोग गरिनें प्रतिबद्धता जनाएका थिए भने मोहन भट्टराईले यस बिकट ठाउँमा आफ्नै श्रोतबाट संचालित सरकारी स्कुलको अवलोकन पश्चात बच्चाहरुको दयनिय अवस्थाबारे आफ्ना क्लबलाई जानकारी गराएको तथा लायन्सको स्थापना तथा उद्देश्यबारे प्रकाश पारेका थिए । प्रमुख अतिथि प्रेम ब. गुरुङ्गले लायन्स संग आजबाट नाता गासिएकोर यो नाता कदापी टुटाउन नहुने र नयाँ नेपालमा हामी सबै नेपालीले बिपन्न बृद वृदा, बालबालिकाहरुलाई सेवा सहयोग भूमिका निभाउन पर्नेंमा जोड दिदै भबिष्यमा समेत साथ् सहयोगको अपेक्षा राखेका छन् ।लायन्स क्लव गोंगबु काठमाडौंले सामाजिक कार्यमा सदैब अग्रणी भूमिका निर्बाह गर्दै असाहय अनाथ बिपन्न तथा पिडित परिवारलाई सहयोग गर्दै आएको कुरा बरिष्ट सल्लाहकार प्रकाश कुमार श्रेष्ठले जानकारी गराए ।

तपाईको प्रतिक्रिया