मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
जीवन साथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ । घर जग्गा जोड्ने मौका छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । पठनपाठनमा पनि प्रगति हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
जीवन साथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । शक्तिमा अंकुश लाग्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
पक्ष सबल बन्नुका साथै मान सम्मान पनि पाइनेछ । आय आर्जनका स्रोत बढ्नेछन् ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आय आर्जनका स्रोत प्रशस्तै भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिनाकारण आफन्तजनबाट टाढिनु पर्नेछ । माता पिताका बारेमा चिन्ता बढ्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमोटाव र छटपटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा कमी आउनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
शिक्षा र साझेदारीमा फाइदा हुनेछ । परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । मान सम्मान पाइनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । अनुकूल स्थानान्तरणको पनि योग छ ।