बहु प्रतिक्षित चलचित्र ‘सेन्टी भाइरस’को ओभरसिज राइट्स खरिद गरेको नेप्सिने कम्पनीले क्यानाडाको लागी प्रर्दशन राइट्स बिक्रि गरेको छ । एक करोड १५ लाखमा ओभरसिज राइटस् खरिद् गरेको यो कम्पनीले अमेरिका ,मध्यपुर्बका देशहरुमा बिक्रि पछि क्यानाडामा प्रदर्शन राइट्स बिक्री गरेको हो । ब्रिटिश कोलम्बिया भ्यानकोभरमा बस्ने डाक्टर इन्जोत बस्नेतले धुर्मुस सुन्तलीद्वारा निर्मित ‘सेन्टी भाइरस’ क्यानाडाको राइट्स किनेका हुन । लामो समयदेखि क्यानाडाको ब्रिटिश कोलम्बिया भ्यानकोभरमा बस्दै आएका डाक्टर बस्नेत नेप्लिज कम्युनिटी सोसाइटी अफ ब्रिटिश कोलम्बियाका कोषाध्यक्ष समेत हुन ।
डाक्टर बस्नेतका अनुसार क्यानाडामा मार्चको पहिलो हप्तादेखि चलचित्रको प्रदर्शन सुरु हुनेछ ।रामबाबु गुरुङको निर्देशन रहेको यो चलचित्रमा सिताराम कट्टेल धुर्मुस , कुन्जना घिमिरे , दयाहाङ राइ , बुद्धि तामाङ , विल्सन बिक्रम राइ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको एक गीत र ट्रेलरले दर्शकको मन जितिसकेको छ ।