मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप आइलाग्नेछन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । व्यापार व्यवसाय विस्तार हुनेछ । विश्वासमा पारेर धोका दिनेहरूले सताइरहने छन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मान सम्मान पाइनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बुद्धि विवेकको उपयोग गर्न नसकिएला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
स्थापित व्यवसाय, कृषि कर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषि तर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
एक्लोपनाको अनुभूति हुनेछ । राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
पेट र छाती सम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । धेरै रोकिएका काम बन्नेछन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ ।

तपाईको प्रतिक्रिया