काठमाडौं – अभिनेत्री दिशा पाटनी र आदित्य रोय कपूरको फिल्म ‘मलंग’ अहिले हलहरुमा प्रदर्शन भइरहेको छ । यस फिल्मले शुरुवातदेखि नै राम्रो कमाई गरेको छ । रिलिजको पहिलो दिन अर्थात फेब्रुअरी ७ मा यस फिल्मले ६ करोड ७१ लाख कमाई गरेको छ ।
यस फिल्मले रिलिजको दिन अनुमान गरेको भन्दा राम्रो कमाई गर्न सफल भएको छ । दोस्रो दिन अर्थात शनिवार यस फिल्मले ८ करोड ८९ लाख र आइतबार ९ करोड ७६ लाख कमाउन सफल भयो । यस फिल्मले पहिलो साता अर्थात हालसम्म २५ करोड ३६ लाखको कमाई गरेको छ ।