काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री हुन् दीपिका पादुकोण । धेरैजसो नयाँ फिल्मका कारण चर्चामा आइरहने दीपिकाले पछिल्लो समय नयाँ फिल्म बनाउने तयारीमा छिन् । धारतिय मिडियाका अनुसार अभिनेत्री दीपिकाले अब फिल्म महाभारत बनाउदैछिन् ।
आफुले बनाउने फिल्म महाभारतमा उनी आफै द्रौपदीको भूमिका निभाउने भएकी छिन् । उनले यस फिल्ममा धेरै मेहनत गर्नुपर्ने बताएकी छिन् । अहिले उनी फिल्म छपाक पछि नयाँ फिल्म महाभारत मा लागेकी छिन् ।