काठमाडौं – बलिउडका चर्चित अभिनेता हुन् सलमान खान । फिल्म भारतको सफलतापछि चर्चामा रहेका सलमान पछिल्लो समय नयाँ फिल्ममा व्यस्त हुन थालेका छन् । अब भने उनले नयाँ फिल्म ‘कभी ईद कभी दिवाली’ ल्याउने भएका छन् ।

यस फिल्ममा सलमान र अभिनेत्री पूजा हेगडेको मूख्य अभिनय रहने बताइएको छ । यस फिल्मलाई फरहद सम्जीले निर्देशन गर्ने भारतीय मिडियाले जनाएको छ । फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्नेछन् भने फिल्म सन् २०२० को ईदमा रिलिज हुनेछ ।

तपाईको प्रतिक्रिया