काठमाडौँ – पछिल्लो समय बलिउड अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अली खानको फिल्म ‘लव आजकाल’ को निकै चर्चामा छ । १४ फेब्रुअरीमा रिलिज हुँने तयारीमा रहेको यस फिल्ममा केहि दिनदेखी विवादमा आएको थियो ।

फिल्ममा अंतरङ्ग दृश्य भएको भन्दै सेन्सर बोर्डले फिल्मका केहि दृश्य हटाइदिएको छ । सेन्सर बोर्डले फिल्मलाई यूरए सर्टिफिकेट दिँदै अंतरङ्ग दृश्य हटाउन निर्देशन दिएको हो । भारतिय मिडियाका अनुसार चुम्बनको दृश्यलाई घटाइदिएको बताइएको छ । फिल्ममा अभिनेताले आफ्नो कपडा फुकालिरहेको दृश्य हटाउन पनि बोर्डले निर्देशन दिएको छ ।

इम्तियाज अलीको निर्देशनमा बनेको यस फिल्ममा सहायक भुमिकामा रणदीप होडा पनि देखिदैछन् । ‘लभ आजकल’ सेफ अली खान र दीपिका पादुकोणको फिल्म’लभ आजकल’ को सिक्वल हो ।

तपाईको प्रतिक्रिया