मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु पर्दा मन खिन्न रहनेछ । तापनि, सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
बोली व्यवहारमा सजग रहनुहोला । हिसाब किताबमा सावधान नहुँदा विवादमा परिनेछ । मान सम्मानमा चोट पुग्न सक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । सुख दुःखमा साथ दिनेहरू कमै भेटिनेछन् ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
खर्च लागे पनि कामको प्रयत्न सफल हुने समय छ । स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
विशिष्ट जनसँग मित्रता बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । तर्क शक्ति बढेपनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
खर्च भएपनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ ।