काठमान्डाँै,फागुन २ ।
नेपाली पप गीत संगीतमा पछिल्लो समयमा निकै चर्चाको शिखरमा रहेका गायक रविन्द्र ठकुरी र गायिका तृप्ती खड्काको आवाजमा ”झुम्का वाली ” गीतको भिडियो सार्वजनिक भएको छ ।

युवा युवती विचको त्रिकोणात्मक प्रेमका भावलाई गीतमा समेटिएको छ । टि आर प्यासीको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको रयाप पनी टि आर प्यासी कै रहेको छ । नरेश ऐरको छायाँकन , रोहित मल्ल ठकुरीको सम्पादन तथा दिपक भण्डारीको निर्देशन भिडियोमा रहेको छ । ”झुम्का वाली ” गीतको भिडियोमा विनोद , अञ्जली , विवश र आष्माको फिचरिङ रहेको छ ।

”झुम्का वाली ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया