खुर्सानी पिरो छ, हाम्रो दाजु गज्जबको हिरो छ । भन्ने नेपाली लोकलयमा प्रचलित गितले खुर्सानी भन्दा बढ्ता दाइलाई फुर्काएको छ । तर अब दाइको भन्दा खुर्सानिको महत्व धेरै भएको कुरा पछिल्ला अध्ययनहरुले देखाएका छन् । खतराजन्य रोग हृदयघात देखि अन्य विभिन्न स–साना रोगहरुबाट समेत बचाउने काम रातो खुर्सानीबाट हुने कुरा जानकारीमा आएका छन् ।

दुखाई, चोट र शारीरिक समस्याको लागि घरेलु उपचार खुर्सानीबाटै सम्भव छ । सामान्यत प्राथमिक उपचारका लागि घरभित्रै पाइने विभिन्न खाद्य पदार्थ र अन्य चीजहरुको प्रयोग गर्ने गरिन्छ । त्यसै मध्येको एक रातो खुर्सानी हो । भर्खरै गरिएको एउटा अध्ययनले रातो खुर्सानीको सेवनले हृदयघातलाई रोक्न सक्छ भन्ने थाहा लागेको छ ।

अनुसन्धानका अनुसार एउटा रातो खुर्सानीमा ९० हजार स्कोभिल युनिट पाइन्छ । जसको सेवनले ५० प्रतिशत हृदयघातको बिरामीको ज्यान बचाउँन सक्छ । यसैगरी, रातो खुर्सानीबाहेक स्कच भान्टस्, थाई चाई, अफ्रिकन बर्ड, हबनेरो, एलपीनो जस्ता खुर्सानीमा पनि उक्त तत्व पाउन सकिन्छ तर रातो खुर्सानीमा यसको मात्रा ज्यादै बढी हुन्छ ।

कसरी प्रयोग गर्ने ?

जो व्यक्तिलाई हृदयघात हुन्छ त्यस व्यक्तिलाई एक गिलास पानीमा १ चम्चा रातो खुर्सानीको पाउडर घोलेर पिउन दिनुपर्छ । यसको लागि बिरामी होसमा हुन अत्यन्त जरुरी छ । यदि बिरामी होसमा छैन भने उसको जिब्रोको तल एक चिम्टि रातो खुर्सानीको पाउडर राखिदिनुपर्छ । यसले हृदयघात भएको व्यक्तिको शरीरमा रक्तसञ्चार सुचारु हुन मद्दत गर्छ । यो कार्य गर्दागर्दै बिरामीलाई तुरुन्त अस्पताल पनि लैजानुपर्छ ।
यसैगरी, रातो खुर्सानीका अन्य फाइदाहरु छन् ।

–हृदयघातबाहेक विभिन्न प्रकारका छालाका एलर्जीमा लाभदायी हुन्छ ।
–खानामा मिसाएर खाँदा विभिन्न प्रकारका फ्लुबाट बच्न सकिन्छ ।
–यसको सही प्रयोगले दात र पेट दुखाई जस्ता समस्याहरुबाट बचाउँछ ।
–माइग्रेन, अर्थराइटिस र शरीरको अनावश्यक फ्याट दूर गर्नको लािग पनि यसले फाइदा गर्छ ।
–यसको धेरै सेवन गर्दा पेटमा जलन हुन सक्छ त्यसैले थोरै मात्रामा यसको सेवनले ग्यास्ट्रिकसम्बन्धी समस्या हुँदैन ।
–शुद्ध रातो खुर्सानीको सेवनले मिर्गौलाको क्यान्सर हुनबाट बचाउँछ ।

तपाईको प्रतिक्रिया