काठमान्डौ फाल्गुन ४ – रास्ट्रिय तेक्वान्दो संघ नेपालको ललितपुर जिल्ला नव तदर्थ समिति भेला २०७६,जिल्ला खेलकुद बिकास समिति ललितपुरको भवनमा सम्पन्न भएको छ । सो भेलामा रास्ट्रिय तेक्वान्दो संघ नेपाल ललितपुरको नया तदर्थ कार्यसमिति पुनर्गठन समेत गरेको थियो । कार्यबाहक अध्यक्ष सिताराम घलानको सभापतित्व रास्ट्रिय तेक्वान्दो संघ नेपालको केन्द्रिय सचिव राकेश कुमार राईको प्रमुख आतिथ्यमा तथा जिल्ला खेलकुद बिकास समिति ललितपुरको नव नियुक्त अध्यक्ष भरत कुमार पराजुली (राजेश) बिशेष अतिथि त्यस्तै कार्यालय सचिव सुजन खतिवडा,पुर्व जिल्ला खेलकुद बिकास समिति ललितपुर अध्यक्ष राजेश लामा ,प्रदेश अध्यक्ष द्वारिका लाल स्वगुली ,दिपेन्द्र श्रेष्ठ ,पुण्य़े शाक्य ,राकेश बज्राचार्य ,बिनय खड्का ,सिजम सिंजाली ,आईते तामाङ्ग लगायत अतिथिहरु र विभिन्न सेक्टरका संचारकर्मीका साथै तेक्वान्दो खेलाडीहरुको बाक्लो उपस्थिति माझ कार्यक्रम भब्य रुपमा आयोजना गरिएको थियो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प्रमुख अतिथि रास्ट्रिय तेक्वान्दो संघ नेपालको केन्द्रिय सचिव राकेश कुमार राई साथै जिल्ला खेलकुद बिकास समिति ललितपुरको नव नियुक्त अध्यक्ष भरत कुमार पराजुली (राजेश) ले नया कार्यसमिति लाई स्वागत ,बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । पुनर्गठन कार्यसमितिमा अध्यक्ष बिमल कुमार अछामी ,उपाध्यक्ष सरोज घलान ,उपाध्यक्ष कृष्ण शिंह लोथ्याल ,सचिव विजय महर्जन ,कोषाध्यक्ष गणेशमान नेगी ,सदस्यहरुमा अनुपम कंडेल ,अजित राई ,मन्दिर अधिकारि खापुङ ,बिनय खड्का ,सिजम सिंजाली ,कपिल श्रेष्ठ ,पुण्य़े शाक्य ,दिपेन्द्र शाही ,जेम महर्जन , आइते तामाङ्ग लगायत पदाधिकारीहरु रहेका छन ।

आज मैले यो महसुश गरेको छु कि म माथि एउटा ठुलो जिम्मेवारी थपिएको छ । ललितपुर जिल्लामा तेक्वान्दो खेल र तेक्वान्दो खेलाडीहरुलाई रास्ट्रिय देखि अन्तरास्ट्रिय स्तर सम्म पुर्याउन के गर्नुपर्छ कसरी लानुपर्छ र अनि देशको लागि दक्ष खेलाडी उत्पादन कसरी गर्नुपर्छ भन्ने ठुलो चुनौतीको आभाष भएको छ ,यो जिम्मेवारीलाई म कुनै पनि हालतमा जसरि पनि पुरा गर्नेछु ,नव कार्यसमितिको अध्यक्ष्य बिमल कुमार अछामी ले बताए ।
स्मरण रहोस बिमल कुमार अछामी नव बिहानी तेक्वान्दो डोजाङ्गका संचालक तथा मास्टर , राष्ट्रिय देखि अन्तराष्ट्रिय स्तरको दक्ष तेक्वान्दो खेलाडीहरु उत्पादन गरिसकेका साथै सामाजिक कार्यमा पनि गर्दै उत्तिकै अग्रसर भईरहने व्यक्ति हुन् ।

भिडियो हेर्नुहोस |

तपाईको प्रतिक्रिया