सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नाम हो गायिका सोना अमात्य। दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा पस्केर लाखौ दर्शक श्रॊताहरुको मन मुटुमा बस्न सफल भएकी सोना आफैमा चर्चित तथा स्थापित नाम हो । काठमाडौँ महानगरपालिका डल्लुमा जन्मिएकी गायिका सोना अमात्य सानै उमेर बाट संगीतमा रुचि भएकाले छ वर्षको उमेरदेखि शास्त्रीय संगीत सिक्न थालेकी थिइन्। त्यो समयमा उनले धेरै गुरुहरूसँग संगीत सिक्दै, अहिले शशिविक्रम थापासँग शास्त्रीय संगीत सिकिरहेकी छिन । बाल्यकालमा पनि फुर्सद हुने बित्तिकै गीत गाउन सुरु गरिहाल्ने उनि संगीतलाई सरस्वतीको प्रसाद ठान्छिन ।

परिवारको साथ सहयोगले सांगीतिक आकाशमा फड्को मार्न सफल उनि जादुमय आवाजकी धनि छिन । बिगत ६ बर्ष देखि ब्यबसायिक सांगीतिक यात्रा सुरु गरेकी उनको गाएको पहिलो गीत ‘पल पल’ हो । यसमा उनले कलाकार मदनकृष्ण श्रेष्ठसँग गाएकी छिन् र मोडलिङ पनि उनैसँग गरेकी छिन् । पहिलो गीत नै मदन दाइसँग गाउन पाउनु मेरो लागि ठूलो कुरा थियो, उनी सम्झिन्छिन्, एक्लै गीत गाएको देखेर मलाई हौसला दिन उहाँले मसँग गीत गाउनुभयो ।

तपाईको प्रतिक्रिया