मुम्बईः फिल्मफेयर अवार्डमा ‘गल्ली ब्वाय’ले सर्वोत्कृष्ट चलचित्रलगायत १० वटा अवार्ड हात पारेको छ । बलिउडको प्रतिष्ठितमध्ये मानिने यस अवार्डको यो ६५ औँ संस्करण हो ।
शनिबार गुवाहाटीमा सम्पन्न अवार्ड शोमा ‘गल्ली ब्वाय’का लागि जोया अख्तरले सर्वोत्कृष्ट निर्देशक, रणवीर सिंहले सर्वोत्कृष्ट अभिनेता र आलिया भट्टले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड थापे । त्यसैगरी, सोही फिल्मका लागि सिद्धान्त चतुर्वेदीले सर्वोत्कृष्ट सह–अभिनेता, अमृता शुभाशले सह–अभिनेत्री, जोया अख्तर र अंकुर तिवारीले सर्वोत्कृष्ट सांगीतिक एल्बम तथा सर्वोत्कृष्ट संवाद विजय मौर्याले अवार्ड हात पारेका छन् ।

समीक्षकतर्फको अवार्डमा भने ‘आर्टिकल १५’ र ‘सोनचिरिया’ले सर्वोत्कृष्ट चलचित्र बने । समीक्षकतर्फ आर्टिकल १५ का लागि आयुष्मान खुरानाले सर्वोत्कृष्ट अभिनेतामा अवार्ड पाए भने ‘साँढकी आँख’का लागि भूमि पेड्नेकर र ताप्सी पन्नुले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाए ।

रमेश सिप्पीले लाइफटाइम एचिभमेन्ट अवार्ड तथा गोविन्दालाई एक्सिलेन्स इन सिनेमा अवार्ड दिइयो ।

तपाईको प्रतिक्रिया