सिनेमा ए मेरो हजुर ४ को प्रदर्शन मिति तय भएको छ । सुहाना थापा र अनमोल केसीको मुख्य भूमिका रहने यो सिनेमाको छायांकन नै सुरु भएको छैन । तर, यसका निर्माताले सिनेमाको प्रदर्शन मिति बुक गरिसकेका छन् । यो सिनेमालाई आउँदो बर्षको कात्तिकको ७ गते रिलिज गर्ने तयारी निर्माता सुनिलकुमार थापाले गरेका छन् ।

सुनिलले सिनेमाको मिति परिवर्तन नहुने जानकारी दिएका छन् । सिनेमाको छायांकन केही हप्तापछि सुरु हुने निर्देशक झरना थापाले जानकारी दिएकी छिन् । सिनेमा ए मेरो हजुर ४ लाई लभ स्टोरी कथामा तयार पारिदैछ । ए मेरो हजुर ३ मा पनि अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको नै जोडी थियो । यो मितिमा छक्का पन्जा ४, मह जोडीको सिनेमा पनि रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया