काठमाडौँ : अभिनय तथा कला यात्रामा छोटो समयमा नै आफुलाई अब्बल बनाउदै रंगमन्चमा जम्न सफल कलाकार हुन् आगमन कार्की । बानेश्वर निवासी कलाकार आगमन कार्की एस इन्टरनेशनल बिजनेस स्कुल सिनामंगलमा स्नातक तहमा अध्ययनरत छन् । सानै उमेर देखि अभिनयमा सौखिन आगमन थिएटर आर्टिस्टको रुपमा अहिले सिने क्षेत्रमा प्रवेश गरेका हुन् । कलेजमा अध्ययन गर्दै अभिनय समेत सिक्दै गरेका कलाकार आगमन कार्कीले अभिनय गरेको नाटकले हजारौ दर्शक श्रोताहरुको मन जित्न सफल भएको छ । जनचेतनामुलक, सामाजिक तथा सत्य कथामा आधारित नाटक One flew over cuckoo’s nest र Murder On The Orient Express मा उनको अभिनयलाइ सबैले प्रसंसा गरेका छन् ।

निकट भबिष्यनै केहि म्युजिक भिडियो तथा चलचित्रमा डेब्यु गर्ने तयारीमा रहेका उनि नृत्यमा समेत अब्बल छन् । अग्लो कद, आकर्षक शरीर, चक्लेटि अनुहारनै मुहारनै उनि प्रतिको आकर्षण हो । मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो । एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा समेत आगमन कार्की बताउछन ।

तपाईको प्रतिक्रिया