मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यदाकदा बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । नोकरी तर्फ हुनेहरूका लागि पदोन्नतिको समय छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
घर जग्गामा विवाद र आमाको स्वास्थ्यमा समस्या आउने देखिन्छ । विशेष सतर्क रहनु होला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
नँया उद्योगधन्दाको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । नशा, जोर्नी वा घुडासम्बन्धी समस्याले सताउन सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
नोकरीमा पदोन्नति, व्यापार व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ । सन्तानबाट प्रसन्नता मिल्नेछ, साथै टाढाको यात्रा पनि होला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
निजी व्यवसाय र कृषिकर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ ।

तपाईको प्रतिक्रिया