धरान/ ‘जय सन्तोषी माँ’ फिल्मबाट डेब्यु गरेकी नुसरत भरुचाको सेक्सी पहिरनका कारण ट्रोल बनेकी छन् ।

ट्रोल भएसँगै उनले त्यसको जवाफसमेत दिएकी छन् । नुसरतले आफूले लगाएको पहिरनप्रति कटाक्ष गर्नेहरूलाई भनेकी छन्, ‘सबैले आफ्नो धारणा व्यक्त गर्ने अधिकार छ ।

जसरी तपाईंहरू आफ्नो सुझाव दिन सक्नुहुन्छ, त्यसरी नै मलाई पनि आफूलाई मनपर्ने पहिरन लगाउन सक्ने अधिकार छ ।’ उनले आफूले लगाएको पहिरनप्रति अरूले टाउको दुखाइ रहनुपर्ने कुनै कारण नभएको प्रतिक्रिया दिएकी छन् ।

उनले आफूलाई यो पहिरनले थप कन्फिडेन्स बढाएकोसमेत प्रतिक्रिया दिएकी छन् । उनले अगाडि थपिन्, ‘यदि पोसाक नराम्रो भएको भए म लगाउने नै थिइनँ । मेरा साथीहरूले पनि यसबारे निकै तारिफ गरेका थिए ।’

तपाईको प्रतिक्रिया