दक्षिण भारतिय चलचित्रका अभिनेता सुपरस्टार विजय देवरकोंडा बलिउड डेब्युको तयारीमा छन् । चलचित्र ‘फाइटर’बाट उनले बलिउडमा डेब्यु गर्न लागेका छन्, जुन चलचित्रलाई पुरी जगन्नाथले निर्देशन गर्नेछन् । चलचित्रको लागि विजय मुम्बाई आइसकेका छन् । आफ्नो बलिउडमा डेब्यु चलचित्र भएकाले विजय कडा मेहनत गरिरहेका छन् ।

निर्माण पक्षले विजयको जोडीको रुपमा नायिका पक्का गर्न सकेको थिएन । चलचित्रको नायिकाको लागि जान्वी कपुर र आनन्या पाण्डेको नाम अगाडि आइरहेको थियो । तर, को हुने भन्ने पक्का भएको थिएन ।

अब भने चलचित्रमा विजयको जोडी बन्नको लागि निर्माण पक्षले आनन्यालाई पक्का गरेको छ । चलचित्रको पर्दामा विजय र आनन्याको जोडीलाई दर्शकले देख्न पाउनेछन् ।

आनन्या पछिल्लो समय चर्चामा रहेकी नायिका हुन् । डेब्यु चलचित्र ‘स्टुडेन्ट अफ दि इयर २’ र ‘पति पत्नी और वो’बाट उनले निकै तारिफ पाएकी छिन् । उनलाई सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया