तेजेन्द्र पाण्डेय : नेपाल प्रहरिमा बिना बिबाद, बिना लामो कसरत नेपाल सरकारले प्रहरी नायब महानिरिक्षक ठाकुर ज्ञवालिलाइ प्रहरी महानिरिक्षकमा बढुवा गर्यो । प्रहरी प्रमुख बन्नका लागि प्रहरी भित्र र मन्त्रीपरिसद भित्र चर्को रस्साकस्सी रहने बिगतको ईतिहास साक्षी नै छ । सत्ता पक्ष नेताहरुको चित्त नबुझाए प्रहरिको नेतृत्व सम्हाल्ने अवसर प्राप्त नहुने दुखद अवस्था पनि बिध्यमान नै थियो । तर यसपाली ज्ञवाली लाई प्रमुख बनाउन त्यस्तो कुनै खास उतारचढाव प्रकट भयको पाइएन । यसको एउटा प्रमुख कारण र आधार हो प्रहरी महानिरिक्षक ज्ञवालिको कार्यशैली र लोकप्रियता । यहि बिसयमा सत्ता पक्षका एक नेताले भने ” आखिर योग्य र बिना बिबादको ब्यक्ती अगाडि हुदा अरु कुनै कुरामा सम्झौता गर्ने सोच्न पनि नसकिने रहेछ ,यो सुखद पक्ष हो ” । महानिरिक्षक ज्ञवाली प्रहरी संगठन इतिहासको एक उदाहरणिय पात्र हुनुहुन्छ । काम र कानुनमा बिस्वास गर्ने महानिरिक्षक ज्ञवालिको कार्यमा कमजोरिपन र बिबादित पक्ष कहिले देखिएन । जिम्मेवारी पूरा गर्नमा कर्तव्यनिष्ठ उहाँ प्रहरी भित्र पनि सधै सबैका प्रीयनै बनिरहनुभयो । अत्यन्तै सरल स्वभाव,आफ्ना काममा दत्तचित्त ,अरुको कार्यको हस्तक्षेप नगर्ने प्रहरी अधिकृतको रुपमा उहाको निजि परिचय छ । बिगतमा आंकाक्षिहरु सिंहदरबार र बालुवाटार दौडधुप गर्ने गरेको पाइएता पनि अहिले त्यस्तो कतै देखिएन । यसको कारण हो ज्ञवाली प्रती सबैको सर्वस्विकार्यता ! उहाका समकक्षिहरुले पनि उहाँ प्रती निकै हार्दिकता प्रकट गरेको पाइयो जुन नेपाल प्रहरिमा बिरलै पाइन्छ ।

उहाँ नेपाल प्रहरिमा २७ नम्बरको महानिरिक्षक बनेपछि एउटा फरक तर्क भने मिडिया,सामाजिक सन्जाल,मन्त्रालय र चिया पसलमा सम्म चासोको बिषय बन्यो । यसरी सर्वसाधारण देखि मन्त्री सम्मका ब्यक्तिले चासो देखाएको बिषय हो २८ गते । महानिरिक्षक ज्ञवालिलाइ दर्ज्यानी चिन्ह प्रदानका लागि गृह मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्रालयका एक कर्मचारीले कार्यक्रम सन्चालनको क्रममा सार्वजनिक रुपमै २८ गतेको प्रसङ्ग उठान गर्दै भने ” आइजिसाब लाई २८ गतेले माया गरेको देखियो २७ गते आइजी बन्ने साइत जुरेन तर २८ गते केही कुराले रोकिएन ” ! यसो भनिरहदा महानिरिक्षक ज्ञवालिले मन्द मुस्काको प्रतिक्रिया मात्र दिए । महानिरीक्षक ज्ञवाली संग २८ नम्बरको कस्तो सम्बन्ध छ त यसको चर्चा गरौ ।

नँया प्रहरी महानिरिक्षकको लागि माघ २७ गते मन्त्रीपरिसदको बैठक बस्यो तर त्यसै दिन नँया प्रहरि नेतृत्वको टुङ्गो भने लागेन । ठाकुर ज्ञवाली लाई महानिरीक्षकमा बढुवा गर्ने कसरत पुर्ण भएन । तर त्यसको अर्को दिन बसेको मन्त्रीपरिसद बैठकले ज्ञवालिलाइ महानिरिक्षकमा बढुवा गर्यो । यसकारण २८ गतेको दिन ठाकुर ज्ञवालिलाइ एक शौभाग्यको दिन बन्न पुग्यो । महानिरिक्षक बन्न भन्दा पहिलाको बढुवामा उहाँ गत २०७५ असोजमा प्रहरी बरिष्ठ उपरिक्षक बाट प्रहरी नायब उपरीक्षकमा बढुवा हुनुभएको थियो । त्यो महत्त्वपूर्ण साइत पनि २८ गते नै जुरेको थियो । २०७५ असोज २८ मा उँहालाइ नेपाल प्रहरिको अति महत्त्वपूर्ण जिम्मेवारी डिआइजिको पद प्राप्त भयको थियो । यो संगै अर्को रोचक कुरा त के छ भने उहाँ प्रहरि उपरीक्षक बाट प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा हुँदा पनि २८ गतेको दिनमा नै बढुवा हुनुभयको थियो । २०७३ असार २८ मा उहाले प्रहरी बरिष्ठ उपरीक्षकको जिम्मेवारी प्राप्त गर्नुभएको थियो । त्यसगरी २७ औं महानिरिक्षकको रुपमा उहाले आफ्नो कार्यकाल पूरा गर्दा प्रहरिमा आउने नयाँ महानिरिक्षक २८ औं नम्बरको हुनेछ । प्युठानमा २०२२ सालमा जन्मनु भएका ज्ञवाली अहिले ५५ बर्ष उमेरको यात्रामा हुनुहुन्छ । संयोगका हिसाबले २७ औं महानिरिक्षकको शुभ नम्बर २८ र २७ को जोड पनि ५५ हुन आउँछ । महानिरिक्षक ज्ञवाली भने गते,संख्यालाई एक संयोगका रुपमा मात्र लिनुहुन्छ । निष्ठावान छवि र इमानदारिताका उदाहरण मानिने उहा कर्म प्रती पुर्ण बिस्वस्त हुनुहुन्छ । बिगतका पछिल्ला दुई महानिरिक्षक नियुक्ति समयमा प्रहरिमा तिब्र बिरोध र बिबाद सिर्जित भएको थियो । सर्वोच्च अदालत सम्मको मुद्दामामला पनि प्रहरिमा देखा पर्यो । पछिल्ला दुई प्रहरी प्रमुख मात्र हैन प्रहरिमा लामो समय देखि राजनिती हाबी रहेको प्रस्ट देख्न सकिन्थ्यो । यसले शान्ती सुरक्षा र अपराध अनुसन्धान सम्ममा प्रभाव पार्ने सुरक्षा बिज्ञहरु बताउछन । प्रहरी भित्र सरकार र नेताहरुको चलखेल बाट सर्वसाधारण पनि निराश बनेको पाइन्छ । जनताले सार्वजनिक स्थल,सामाजिक सन्जाल जस्ता माध्यम बाट त्यस्ता बिषयमा आक्रोश ब्यक्त गरेको पाइन्छ । यसपाली नेपाल प्रहरी प्रमुखका लागि सहि मुल्यांकन र निर्णय गरेको सरकार प्रहरिको मामलामा कुनै बिबादमा आएन । बिबादको सट्टा सरकारको सहि कामको संख्या बढेको रुपमा पनि लिन सकिन्छ । अबको समयमा पनि ठाकुर ज्ञवालिको जस्तै सहि मुल्यांकन गरि अन्य महानिरिक्षकको आगमन होस र शान्ती,सुरक्षाका लागि सशक्त रुपमा काम गर्न सबै प्रहरिलाइ प्रेरणा मिलोस ।

तपाईको प्रतिक्रिया